Newspaper Tender

Source: Annapurna Post

टावर डाँडा मुगान ढिपि अगरी गाउँ सडक स्तरोन्नती

रामेछाप नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
रामेछाप बजार, रामेछाप
बागमती प्रदेश, नेपाल 
सिलबन्दी दरभाउपत्र आह्वानको सूचना
(प्रथम पटक प्रकाशित मिति : २०७७/०९/२९)९ 

रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालयको तल उल्लेखित कार्य गर्नको लागि नेपाल सरकारबाट सम्बन्धित कार्य गर्नको लागि इजाजत प्राप्त, आ.ब. २०७६/०७७ को चुक्ता र चालु आ.व.को लागि इजाजत नविकरण भएका रजिस्टर्ड फर्मवाट निम्नलिखित सर्तहरुमा रही सिलबन्दी दरभाउपत्र पेस गर्न आह्वान गरिन्छ। 

1) यो सूचना प्रथम पटक प्रकाशित मितिले तल उल्लेखित दिन र समयमा कार्यालय समयभित्र दस्तुर (फिर्ता नहुने गरी) यस कार्यालयको राजस्व शाखामा जम्मा गरी सोको नक्कल रसिद, लिखित निवेदन, फर्म दर्ता प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि पेश गरी सिलबन्दी दरभाउपत्र खरिद गर्न सकिनेछ।

2) खरिद गरिएको सिलबन्दी दरभाउपत्र तल उल्लेखित समय भित्र यस कार्यालयमा बुझाइसक्नुपर्नेछ । सिलबन्दी दरभाउपत्र दाखिला गर्ने अन्तिम दिन बिदा पर्न गएमा सो पछि कार्यालय खुलेको दिन सोही समय कायम हुनेछ,साथै सिलबन्दी दरभाउपत्र दरभाउपत्रदाता वा निजको प्रतिनिधिको उपस्थिति वा अनुपस्थितिमा पूर्व निर्धारित मिति र समयमा खोलिनेछ। 

3) सिलवन्दी दरभाउपत्र फारमसाथ जमानीपत्र विड वण्ड) वापत तल उल्लेखित रकम बरावरको कम्तिमा ७५ दिन म्याद भएको बैंकको जमानीपत्र वा यस कार्यालयको खातामा नगद जम्मा गरेको सक्कल बैंक भौचर साथ पेश गर्नुपर्नेछ । दरभाउपत्रको मान्य अवधि ४५ दिनको हुनेछ। 

4) दरभाउपत्रदाताले सिलबन्दी दरभाउपत्रको खाम बाहिर कार्यालयको नाम, दरभाउपत्र नं., कार्य विवरण र दरभाउपत्रदाताको नाम, ठेगाना स्पष्ट रुपले उल्लेख गर्नुपर्नेछ।

5) म्याद नाघेका वा रीत नपुगेका वा एउटाको नाममा खरिद गरेको अर्काको नाममा दर्ता हुन आएमा वा सिलबन्दी दरभाउपत्र फारममा दरभाउपत्रदाताको सही छाप नभएको सिलबन्दी दरभाउपत्रलाई मान्यता दिइने छैन । 

6) अन्य सर्तहरु सिलबन्दी दरभाउपत्रमा उल्लेख भए बमोजिम हुनेछ । अन्य यस सम्बन्धि थप जानकारीको लागि यस कार्यालयको फान नं. ०४८४०००१२ वा ईमेल [email protected] मा सम्पर्क राख्न सकिनेछ । 

7) सिलबन्दी दरभाउपत्र खोल्ने मिति र समयः सिलवन्दी दरभाउपत्र दाखिला गर्ने अन्तिम दिनको २:०० बजे।

कार्य विवरण: टावर डाँडा मुगान ढिपि अगरी गाउँ सडक स्तरोन्नती र रामेछाप वडा न.७ 

प्रमुख प्रशासकीय अधिकृत


Search, Apply & Get Job: FREE