Newspaper Tender

Source: Kantipur

सुरक्षाकर्मी लगायत अन्य सेवा करारमा लिने सम्बन्धी

पोखरा विश्वविद्यालय
केन्द्रीय कार्यालय, पोखरा - ३०, कास्की 
सुरक्षाकर्मी लगायत अन्य सेवा करारमा लिने सम्बन्धी
सिलबन्दी दरभाउपत्र आव्हानको सूचना
प्रथम पटक सूचना प्रकाशित भएको मितिः २०७७/०७/२७ 

१. पोखरा विश्वविद्यालयलाई देहाय बमोजिमको सेवा आवश्यक भई सेवा करारमा लिनुपर्ने भएकोले सो कार्यको लागि इजाजत प्राप्त योग्य तथा इच्छुक फर्म, संस्था वा कम्पनीहरूबाट रीतपूर्वकको सिलबन्दी दरभाउपत्र आव्हान गरिएको छ । 

सुरक्षाकर्मीः ६ जना

अन्य (कार्यालय सहयोगी/हेल्पर/कुचिकार): २ जना 

आवश्यक सेवा अवधिः शुस्मा सम्झौता भएको मितिले एक वर्षको लागि र सेवा सन्तोषजनक रहेमा अवधि थप गर्न सकिनेछ । 

२. सिलबन्दी दरभाउपत्र फारम तथा यससम्बन्धी थप जानकारी पोखरा विश्वविद्यालय, लेखनाथ, कास्की, फोन नं. ०६१-५०४०४६ बाट प्राप्त गर्न सकिने छ । 

3. दरभाउपत्रसम्बन्धी कागजात मिति २०७७/०७/२७ गतेदेखि मिति २०७७/०८/११ गतेसम्म कार्यालय खुलेको दिन कार्यालय समयभित्र चालु आ.व.को लागि नविकरण भएको ईजाजतपत्र, आयकरको स्थायी लेखा प्रमाणपत्र, आ.व. २०७५/०७६ को कर चुक्ता प्रमाण-पत्र, मु.अ.कर दर्ता प्रमाण(पत्रको प्रमाणित प्रतिलिपी संलग्न राखि निवेदन दिई रु १,०००।- (एक हजार) दस्तुर बुझाई (फिर्ता नहुने गरी) खरिद गर्न सकिनेछ । दरभाउपत्रसम्बन्धी कागजात २०७७/०८/११ गतेसम्म कार्यालय समयभित्र बिक्रिका लागि उपलब्ध हुनेछ । 

४. खरिद भएको सिलबन्दी दरभाउपत्र २०७७/०८/१२ गते मध्यान्ह १२:०० बजेभित्र यस कार्यालयको नाममा सम्बोधन गरी कामको विवरण, दरभाउपत्रदाताको नाम र ठेगाना स्पष्ट खुलाई फर्मको छाप लगाई सिलबन्दी लाहाछाप गरी यस कार्यालयमा दर्ता गराउनु पर्नेछ । 

५. सिलबन्दी दरभाउपत्रको मान्य अवधि दरभाउपत्र खोलिने दिनवाट ४५ दिनको हुनु पर्नेछ र सिलबन्दी दरभाउपत्र साथ कम्तिमा रु ५६,०००।- (छपन्न हजार) बराबरको जमानत वापत नगद जमानि वा सो रकम बराबर सिलबन्दी दरभाउपत्र खोलिने मितिबाट कम्तिमा ७५ दिन (२०७७/१०/२७ गतेसम्म) म्याद भएको नेपालको कुनै बाणिज्य बैंकबाट यस कार्यालयको पक्षमा जारी भएको बैंक ग्यारेन्टी पेश गर्नु पर्नेछ ।

६. यदि दरभाउपत्रदाताले नगद जमानि राख्न चाहेमा सो नगद यस विश्वविद्यालयको केन्द्रीय कार्यालयको कामना विकास बैंकमा रहेको चल्ती खाता नम्बर ०१२१३४०००२४५६८००००२२ वा नबिल बैंकमा रहेको चल्ती खाता नम्बर १२०१०१७५००८७० मा नगद जम्मा गरेको सक्कलै बैंक भौचर सिलबन्दी दरभाउपत्र साथ पेश गर्नु पर्नेछ । 

७. दर्ता भएका सिलबन्दी दरभाउपत्र २०७७/०८/१२ गते दिउँसो २:०० बजे सिलबन्दी दरभाउपत्रदाता वा निजका प्रतिनिधिहरु र कार्यालय प्रतिनिधिहरूको रोहवरमा यस कार्यालयमा खोलिनेछ । सिलबन्दी दरभाउपत्रदाता वा निजका प्रतिनिधि उपस्थित नभए पनि दरभाउपत्र खोल्न कुनै बाधा पर्ने छैन । 

८. सिलबन्दी दरभाउपत्र खरीद गर्ने, दाखिला गर्ने एवं खोल्ने अन्तिम दिन सार्वजनिक विदा परेमा उक्त कार्यहरु विदाको लगत्तै पछि कार्यालय खुलेको दिन सोही समयमा हुनेछ । 

९. सिलबन्दी दरभाउपत्र पुरै वा आंशिक, स्वीकार्ने वा बदर गर्ने सम्पूर्ण अधिकार पोखरा विश्वविद्यालयमा निहित रहनेछ । 

१०. एक फर्मको नाममा खरिद गरिएको सिलबन्दी दरभाउपत्र फारम अर्को व्यक्ति वा फर्मको नामबाट दाखिला गर्न पाइने छैन ।


Search, Apply & Get Job: FREE