कोल्हवी नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
कोल्हवी, बारा
प्रदेश नम्बर २, नेपाल
निकासी कर सम्वन्धी शिलवन्दी वोलपत्र आहृवानको सूचना
प्रथम पटक प्रकाशित मिति : २०७७०६।०६
यस कोल्हवी नगरपालिकाको क्षेत्राधिकार भित्र पर्ने निम्न आय शिर्षकमा आ.व. २०७७१०७८ को लागि ठेक्का वन्दोवस्त गर्नु पर्ने भएकोले इच्छुक फर्म वा कम्पनीहरुबाट आफ्नो फर्मको नविकरण भएको प्रमाणपत्र, मूल्य अभिवृद्धि कर दर्ता प्रमाण पत्र तथा कर चुक्ताको प्रमाणित प्रतिलिपिहरु तथा उक्त गर्न योग्य भएको स्वघोषणा पत्र पेश गरी निम्न शर्तहरुका अधिनमा रहि शिलवन्दी बोलपत्र खरिद गर्नको लागि यो सुचना प्रकाशित गरिएको छ । यो सुचना यस कार्यालयको वेवसाइट www.kolhabimun.gov.np मा पनि हेर्न सकिनेछ ।
शर्तहरु:
१. बोलपत्र फारम यस कार्यालयवाट पछि फिर्ता नहुने गरी यो सुचना प्रकाशित भएको मिति देखि ३० (तिस दिन सम्म कार्यालय समय भित्र शिलवन्दी वोलपत्र फारम रु. ५०००/- नगदी दाखिला गरी यस कार्यालयवाट खरिद गर्न सकिनेछ।
२. खरीद भएको शिलवन्दी बोलपत्र फारम नेपाली नागरिक भए आफुले कवोल गरेको कुल ठेक्का अंकको ५ (पाच) प्रतिशत, विदेशी नागरिक भए १० (दश प्रतिशत धरौटि रकम नगदै श्री कृषि विकास बैंक, कोल्हवी शाखामा रहेको यस कार्यालयको धरौटी खाता न ०५२६७०१३७४३८९०३६ मा दाखिला गरेको सक्कलै बैंक भौचर वा कम्तीमा १२० दिन म्याद भएको नेपाल राष्ट्र बैंकको मान्यता प्राप्त बाणिज्य बैंकको जमानी पत्र (BID BOND) संलग्न गरी पहिलो पटक सुचना प्रकाशित भएको ३१ औ दिन दिनको १:०० बजे भित्र रित पूर्वक सहि छाप तथा शिलवन्दी गरी वोल पत्र दर्ता आफै वा प्रतिनिधि मार्फत दाखिला गर्न सकिनेछ । दर्ता हुन आएका वोलपत्र सोहि दिन दिनको ३:०० बजे सरकारी कार्यालय र बोलपत्र दाताहरुको प्रतिनिधिको रोहवरमा खोलिनेछ । बोलपत्र दर्ताको प्रतिनिधि उपस्थित नभएमा पनि वोलपत्र खोल्न बाधा पर्ने छैन । धरौटी वापतको रकम नगद संलग्न गरेकोलाइ मान्यता दिइने छैन ।
३. बोलपत्र दाताले पेश गरेको बोलपत्र फिर्ता वा संशोधन गर्न चाहेमा दर्ता गर्ने अन्तिम समय समाप्त हुनु भन्दा २४(चौविस) घण्टा अगाडी फिर्ता वा संशोधन गर्न सकिनेछ ।
४. ठेक्का अवधी नदीजन्य पदार्थ ढुंगा,गिटी,बालुवा र ग्राभेलको हकमा २०७८ जेष्ठ मसान्त सम्म र निजी तथा नम्बरी अवादीको हकमा २०७८ अषाढ मसान्त सम्म हुनेछ।
५. बोलपत्र फारम भर्दा आफले कबोल गरेको रकम अंक र अक्षर दवैमा स्पष्ट हने गरी उल्लेख भएको हन पर्नेछ । अंक र अक्षरमा फरक परेमा अक्षरमा लेखिएकोलाई मान्यता दिइनेछ ।
६. बोलपत्र स्वीकृत भएपछि सुचना पाएको वा घरदैलोमा टाँस भएको मितिले ७ दिन भित्र नियमानुसार आय कर मू.अ. कर दर्ता प्रमाण पत्रको प्रमाणित प्रतिलिपि साथै लिइ सम्झौता गर्न यस कार्यालयमा आउनु पर्नेछ, सो अवधी भित्र सम्झौता गरी पट्टा नउठाएमा धरौटि रकम जफत गरिनेछ र दोस्रो बोलपत्र दाताको बोलपत्र स्वीकृत गर्ने वा नगर्ने वा पुनः बोलपत्र आह्वान गर्ने वा नगर्ने अधिकार नियमानुसार यस कार्यालयमा सक्षित रहनेछ ।
७. नगर क्षेत्र भित्र विकि एवं घाटगद्दि तथा संकलनको लागि प्रति घनफिट रु. ४।- र नगर क्षेत्र भन्दा वाहिर निकासी वापत थप रु ३- दर कायम गरिएको छ । सोमा नियमानुसार तोकिएको दरमा ठेकेदार पक्षले मूल्य अभिवृद्धि कर थप गरि लिनु पर्नेछ, उक्त मूल्य अभिवृद्धि कर ठेकेदारले आन्तरिक राजश्व कार्यालयमा बुझाउनु पर्नेछ । सो वाहेक पनि नेपाल सरकार वा स्थानिय तहलाई प्रचलित ऐन नियमानुसार वुझाउनु पर्ने अन्य कर,दस्तुर, शुल्क आदि सवै ठेकेदार स्वयमले सम्वन्धित कार्यालयमा बुझाउनु पर्नेछ र ठेक्का रकमबाट कटाउन पाईने छैन ।
८. बन्द, हडताल, चक्काजाम लगायत अन्य मानव सिर्जित कारणवाट सिर्जना हुने अवस्थाको कारण छुट वा मिन्हा दिन नसकिने हुँदा कबोल अंकमा कुनै किसिमको छट वा मिन्हा दिइने छैन, साथै कर छट वा मिनहा मांग गर्न पाइने छैन ।
९. शुल्क उठाउने रसिदमा ठेक्काको शिर्षक उल्लेख गरि ३/३ प्रतिवाला रसिद ठेकेदारले आफ्नै तर्फवाट छपाई कार्यालयमा रसिद नं. दाखिल्ला गरेर मात्र कर दस्तुर उठाउने प्रयोगमा ल्याउनु पर्नेछ।
१०. कुनै कारण जनाई वा नजनाई ठेक्का स्वीकृत गर्ने, आशिक रुपमा स्वीकृत गर्ने वा नगर्ने तथा अन्य व्यवस्था गर्ने सम्पूर्ण अधिकार यस नगरपालिकामा सुरक्षित हुनेछ । वोलपत्र पेश गर्दा वोलपत्रदाताको तर्फबाट कुनै किसिमको शर्त मान्य हुने छैन, शर्त सहितको बोलपत्रलाई बदर मानिनेछ, साथै रित नपगी वा म्याद नाघी आएको बोलपत्र उपर कनै कारवाही हुने छैन ।
११. चलन पूर्जीमा उल्लेख भएका माल वस्तु र दर रेटको प्रतिकुल हुने गरी कर दस्तुर शुल्क लिन पाइने छैन, वढि लिएको प्रमाण पेश हुन आएमा तोकिएको दरमा ४ गुणा जरिवाना गरी उजुरीकर्ता लाइ जरिवाना रकमको २५ प्रतिशत रकम दिइने छ । कुनै पनि सवारी साधन तोकिएको कर नतिरी झुक्याइ भागेमा सवारी साधनलाई तोकिएको करको ४ गुणा जरिवाना गरिनेछ, साथै ढुंगा, गिट्टी र ग्रेवलको हकमा नगर स्तरिय अनुगमन तथा समन्वय समितिको निर्णय अनुसार सिफारिस भएको जरिवाना रकम अशुल गरिनेछ ।
१२. नेपाल सरकार, सम्मानित अदालत, नगरपालिकाको निति निर्देशन तथा आदेशको पालना गर्नु गराउनु र लागु गर्नु ठेकेदारको कर्तव्य एवं दायित्व हनेछ. निति निर्देशन बा अदालतको आदेशको पालनाको कारणबाट कुनै क्षति हानी नोक्सानी हुन गएमा सोको क्षतिपूर्तिको दावी ठेकेदारले यस कार्यालयसँग गर्न पाउने छैन ।
१३. ठेकेदारले उठाउने कर यस कार्यालयद्धारा तोकिएको उत्पादन स्थल वा तोकिएको संकलन केन्द्रमा मात्र उठाउनु पर्नेछ, राष्ट्रिय राजमार्ग र सहायक राजमार्गमा ढाट राखि कर उठाउन पायने छैन । कर संकलन सम्बन्धि सुचना पाटी अनिवार्य रुपमा ठेकेदारले लेखेर संकलन केन्द्रमा राख्नु पर्नेछ।
१४. बालुवा, ढुंगा र गिट्टिका सन्दर्भमा प्रदेश अनुगमन समिति, जिल्ला अनुगमन तथा समन्वय समिति र कोल्हवी न.पा. बाट निर्देशन भए बमोजिम हुनेछ।
१५. यसमा उल्लेख भएका कुराहरुमा सोहि वमोजिम र यसमा उल्लेख नभएका सार्बजानिक खरिद ऐन, २०६३, सार्वजानिक खरिद नियमावली, २०६४ तथा अन्य प्रचलित कानुन अनुसार हुनेछ ।
१६. बोलपत्र सम्बन्धि दर रेट अन्य शर्त तथा विस्तृत जानकारीका लागि कार्यालयको सुचना पाटीमा हेर्नु हुन वा कार्यालय समय भित्र यस कार्यालयको राजश्व शाखामा सम्पर्क राख्नहन सम्वन्धित सवैलाई जानकारी गराइन्छ । साथै कन कन माल बस्तुमा के कति दरमा कर, शुल्क लिन पाउने भन्ने वारेको विस्तृत विवरण वोलपत्र फारम साथ संलग्न गरिएको छ।
१७. नगरपालिकालाई बुझाउन वक्यौता रहने फर्म संस्थाले यस ठेक्कामा समावेश गरिने छ।
१८. बोलपत्र स्वीकृत भएको सूचना पाएको मितिले ७ दिन भित्र सम्बन्धित ठेक्काको मु.अ.कर (Vat) बाहेक ठेक्का अंकको रकम यस कायालयमा र कबोल अंकको १३ प्रतिशत ले हुन मु.अ.कर र १.५ प्रतिशतले हुन आउने अग्रिम आयकर रकम आ.रा.का.मा दाखिला भएको प्रमाण सहित ५० प्रतिशतले हुन आउने रकम बराबरको कार्यालयको खातामा दाखिला भएलगतै सम्झौता हुनेछ । वाकी ५० प्रतिशत हुन आउने रकम बराबरका २०७८ साल श्रावण मसान्त सम्म अवधि भएको र यस कयालयको नाममा जारी गरिएको नेपाल सरकारवाट मान्यता प्राप्त क, वगको बैंकको बैंक ग्यारेन्टी सम्झौता भएको मिति ७ दिन भित्र पेश गर्न पर्ने छ र बाकी ५० प्रतिशत र कम २०७८ चैत्र मसान्त सम्म नियमानुसार बुझाई सक्नु पर्नेछ । तोकिएको समय भित्र बाकी ५० रकम दाखिला नगरेमा ठेक्का सम्झौ ता गर्दा पेश गरेको बैंक ग्यारेन्टी बाट किस्ता रकम असुल उपर गरी अर्को व्यवस्था गर्न सकिनेछ । समयमा दोश्रो किस्त नबुझाएमा १० प्रतिशत जरिवाना असुल गरिनेछ ।
१९. उपरोक्त न्युन्तम अंकमा मुल्य अभिवृद्धि कर भ्याट समावेश नभएको हुँदा विक्री शुल्क असुल गर्दा तोकिएको बमोजिमको मुल्य अभिवृद्धि कर समेत समावेश गरी फरक भ्याट रसिदवाट असुलउपर गरिनेछ।
२०. माथिका बुदाहरुमा संसोधन वा थप गर्नु परेमा यस कार्यालयको वेवसाइट www.kolhabimun.gov.np मा जानकारीको लागि राखिने छ।