सडक निर्माण कार्यका लागि सिलबन्दी बोलपत्र आहृवानको सूचना

मंगला गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
बाबियाचौर, म्याग्दी, गण्डकी प्रदेश, नेपाल 

सडक निर्माण कार्यका लागि सिलबन्दी बोलपत्र आहृवानको सूचना ।

प्रकाशित मिति : २०७७/०६/०५ । 

यस गाउँपालिकाका लागि सडक निर्माण कार्यका लागि सिलबन्दी बोलपत्रद्वारा गर्नुपर्ने भएको हुँदा नेपाल सरकारबाट ईजाजत (मान्यता) प्राप्त निर्माण व्यवसायीबाट निम्न शर्तहरुका अधिनमा रही रीतपूर्वक सिलबन्दी बोलपत्र आह्वान गरिएको व्यहोरा ईच्छुक सम्बन्धित सबैलाई यो सार्वजनिक सूचना प्रकाशित गरिएको छ। 

तपसिल :

  • बोलपत्र फारम यो सूचना प्रथम पटक प्रकाशित भएका मितिले ३० दिनभित्र चालु आ.व. का लागि नवीकरण भएका ईजाजतपत्र आयकर दर्ता र मु.अ. कर दर्ता र गत आ.व. को कर चुक्ता भएको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि संलग्न राखी लिखित निवेदनसाथ तल उल्लेखित दस्तुर (फिर्ता नहुने गरी) तिरी इच्छुक बोलपत्रदाताले यस कार्यालयबाट खरिद गर्न सकिनेछ। खरिद भएका बोलपत्र प्रथम पटक प्रकाशित भएको मितिले ३१ औं दिनका १२.०० बजेभित्र सिलबन्दी लाहाछाप गरी खाममा विवरण प्रष्ट खुलाई यस कार्यालयमा दर्ता गरी सक्नुपर्नेछ । 
  • दर्ता भएका बोलपत्रहरु सोही दिनको २.०० बजे उपस्थित बोलपत्रदाता वा निजको प्रतिनिधि र कार्यालयका प्रतिनिधिहरुको रोहवरमा यस कार्यालयमा खोलिनेछ । बोलपत्रदाताहरु र निजका प्रतिनिधिहरु उपस्थित नभएमा पनि बोलपत्र खोल्न बाधा पर्ने छैन ।
  • बोलपत्र खरिद गर्ने वा दाखिला गर्ने अन्तिम दिन बिदा परेमा लगत्तै कार्यालय खुलेका दिन सोही समय अनुसार हुनेछ । 
  • बोलपत्रसाथ जमानत बापतको बोलकबोल अंकको २.५ प्रतिशतले हुन आउने रकम प्रभु बैंक, बाबियाचौर स्थित यस गाउँपालिका कार्यालयको धरौटी खाता नं. १५००११०३०९३०००६१ मा जम्मा गरेको सक्कल भौचर पेश गर्नुपर्नेछ । 
  • म्याद नाघी आएका, रीत नपुगेको र शर्त राखिएका बोलपत्र उपर कुनै कारबाही हुनेछैन । 
  • बोलपत्रदाताबाट बोलपत्रमा उल्लेखित मूल्य अभिवृद्धि करबाहेक रकम उल्लेख गर्नुपर्नेछ । सो दररेटमा अंक र अक्षरमा फरक परेमा अक्षरलाई मान्यता दिइनेछ । केरमेट भएमा केरमेट भएका ठाउँमा सहीछाप भएको हुनुपर्नेछ ।
  • यस कार्यालयको हितलाई ध्यानमा राखी बोलपत्र स्वीकृत गर्ने वा नगर्ने वा आंशिक रुपमा स्वीकृत गर्ने वा रद्द गर्ने सबै अधिकार यस कार्यालयमा सुरक्षित हुनेछ । 
  • बोलपत्र स्वीकृत भएपछि कानुन बमोजिम हुन आउने रकम बराबरका नगद जम्मा गरेको सक्कलै बैंक भौचर वा कम्तीमा १ वर्ष म्याद भएको मान्यता प्राप्त वाणिज्य बैंकबाट यस कार्यालयको नाउँमा जारी गरिएको कार्य जमानतपत्र (परफरसेन्स बण्ड) सम्झौता गर्नु अघि पेश गर्नुपर्नेछ
  • बोलपत्र सम्बन्धी कुनै कुरा बुझ्नु परेमा कार्यालय समयभित्र यस कार्यालयमा सम्पर्क राख्न सकिनेछ । 
  • यस सूचनामा लेखिएको हकमा यसै अनुसार र यसमा उल्लेख नभएका हकमा स्थानीय शासन ऐन, नियम, सार्वजनिक खरिद ऐन २०६३, सार्वजनिक खरिद नियमावली २०६४ र अन्य प्रचलित ऐन कानुन बमोजिम हुनेछ। 
  • बोलपत्र सम्बन्धी कुनै विवाद आएमा प्रचलित कानुन बमोजिम आपसी सहमतीमा समाधान गरिनेछ । आपसी सहमति हुन नसकेमा गाउँ कार्यपालिकाको निर्णय अन्तिम हुनेछ ।
  • सिलबन्दी बोलपत्रका कामका विवरण निम्नानुसारको हुनुपर्नेछ । 

प्रमुख प्रशासकिय अधिकृत


Search, Apply & Get Job: FREE