सघन उपचार कक्ष संचालनका लागि आवश्यक सामाग्री आपूर्ति सम्बन्धी प्रस्ताव आव्हानको सूचना

प्रदेश सरकार
सामाजिक विकास मन्त्रालय
स्वास्थ्य निर्देशनालय

स्वास्थ्य कार्यालय
गण्डकी प्रदेश, लमजुङ, नेपाल 

सघन उपचार कक्ष संचालनका लागि आवश्यक सामाग्री आपूर्ति सम्बन्धी प्रस्ताव आव्हानको सूचना

पुनः सूचना प्रकाशन मितिः २०७७/०३/२६ 

लमजुङ जिल्ला सामुदायिक अस्पतालमा कोभिड-१९ लगायत अन्य संक्रामक रोगको जटिलता व्यवस्थापन र | जटिल विरामीको उपचारको लागि सघन उपचार कक्ष संचालन गर्न आवश्यक पर्ने सामाग्रीहरु सार्वजनिक खरिद ऐन २०६३ (संशोधन समेत) को दफा ६६ र सार्वजनिक खरिद नियमावली २०६४ (संशोधन समेत) को नियम १४५ को विशेष परिस्थितिमा खरिद गर्ने व्यवस्था सम्बन्धी प्रावधान भए बमोजिम खरिद गर्नुपर्ने भएकोले नेपाल सरकारवाट | इजाजत प्राप्त व्यक्ति, फर्म, कम्पनीवाट निम्न शर्तहरुको अधिनमा रही सिलबन्दी प्रस्ताव आव्हान गरिएको छ।

  • प्रस्ताव पेश गर्न ईच्छुक व्यक्ति, फर्म, कम्पनीले चालु आ.व. को लागि नविकरण भएको फर्म, संस्था वा कम्पनी दर्ताको प्रमाणपत्र, व्यवसाय दर्ताको ईजाजतपत्र, स्थायी लेखा नं. र मु.अ.कर दर्ता प्रमाणपत्र साथै आ.व. २०७५/७६ को करचुक्ता प्रमाणपत्रको प्रतिलिपि संलग्न राखि सूचना प्रकाशन भएको मिति देखि ७ दिन सम्म खरिद गरिने सामाग्रीहरुको विवरण, स्पेसिफिकेसन तथा पालना गर्नुपर्ने शर्तहरु उल्लेख भएको प्रस्ताव सम्बन्धी कागजात यस कार्यालयमा सम्पर्क गरि निःशुल्क प्राप्त गर्न सकिनेछ। 
  • शिलबन्दी प्रस्तावहरु सूचना प्रकाशित भएको मितिले ८ औ दिनको १२.०० बजे भित्र यस कार्यालयको नाममा सम्बोधन गरि प्रस्तावदाताको नाम ठेगाना र सम्पर्क नं. समेत उल्लेख गरि फर्मको छाप लगाई यस कार्यालयमा दर्ता गराउन सकिनेछ । दर्ता भएका प्रस्तावहरु सोही दिनको २.०० वजे यस कार्यालयमा नियमानुसार खोलिनेछ।
  • सिलबन्दी प्रस्ताव साथ जमानत तपसिलमा उल्लेखित रकममा नघटाई राष्ट्रिय वाणिज्य बैक लिमिटेड, वेसिशहर शाखामा रहेको को.ले.नि.का., लमजुङको धरौटी खाता नं. ३०४०५०२०००००० मा नगद जम्मा गरेको सक्कल भौचर वा मान्यता प्राप्त वाणिज्य बैक वा नियमानुसार बैक जमानत जारी गर्न मान्यता प्राप्त वित्तीय संस्थावाट यस कार्यालयको नाममा जारी भएको जमानीपत्र (Bidbond) संलग्न हुनुपर्नेछ। 
  • यस सूचनामा उल्लेख नभएका अन्य कुराहरु सार्वजिक खरिद ऐन २०६३ (संशोधन समेत) र सार्वजनिक खरिद | नियमावली २०६४ (संशोधन समेत) तथा अन्य प्रचलित कानुन अनुसार हुनेछ । थप जनकारीको लागि यस | कार्यालयको सम्पर्क नं. ०६६-५२०११९, ९८५६०४६११९ र ९८५६०४७११६ मा सम्पर्क गर्न सकिनेछ।

तपसिलः

ठेक्का प्याकेज नं.: 01.1/2076/077-GS-HO Lamjung
कामको विवरण: सघन उपचार कक्ष संचालन लागि आवश्यक सामाग्री आपूर्ति गराउने कार्य
धरौटी रकम रु : ३१४०००००

ठेक्का प्याकेज नं.: 01.2/2076/077-GS-HO Lamjung
कामको विवरण: सघन उपचार कक्ष संचालन लागि आवश्यक सामाग्री आपूर्ति गराउने कार्य
धरौटी रकम रु : ६८०००००

ठेक्का प्याकेज नं.:  01.3/2076/077-GS-HO Lamjung
कामको विवरण: सघन उपचार कक्ष संचालन लागि आवश्यक सामाग्री आपूर्ति गराउने कार्य
धरौटी रकम रु : ३४०००००


Search, Apply & Get Job: FREE