स्थानीय सरकार
मध्यपुर थिमि नगरपालिका
तथा
काठमाडौं उपत्यका विकास प्राधिकरण
जिल्ला आयुक्तको कार्यालय, भक्तपुर
द्वारा सञ्चालित
कमेरोटार जग्गा एकीकरण आयोजना
मध्यपुर थिमि, भक्तपुर
फोनं. ०१-५०९३११५
विकसित घडेरी बिक्रीको सिलबन्दी बोलपत्र आव्हानसम्बन्धी सूचना
(गोरखापत्र दैनिकमा प्रकाशित मिति : २०७७/०३/२६)
यस जग्गा एकीकरण आयोजनाको आयोजना व्यवस्थापन उप-समितिको मिति २०७७/०३/२२ को बैठकको निर्णयानुसार तपसिलबमोजिमका विकसित घडेरीहरू (प्लट) गोप्य सिलबन्दी बोलपत्रद्वारा बढाबढ गरी बिक्री गरिने भएको हुँदा इच्छुक नेपाली नागरिकहरूले आफूले खरीद गर्न चाहेको प्लटको जम्मा मूल्य अंक र अक्षर दुवैमा प्रष्ट उल्लेख गरी नागरिकताको प्रतिलिपीसहित यो सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र कार्यालय समयमा बोलपत्र फाराम खरिद गरी ३१औं दिन दिनको १२:०० बजेभित्र गोप्य सिलबन्दी बोलपत्र पेश गर्नु हुन यो सूचना गरिएको छ । |
- खरीद गर्न चाहेको प्लटको आफूले कबोल गरेको कूल अंकको १०% प्रतिशतले हुन आउने रकम नेपाल बैंक लिमिटेड, थिमि शाखामा रहेको धरीती खाता नं. २३३००१००६१५५४१०००००४ मा जम्मा गरेको सक्कल बैंक भौचर संलग्न गर्न पर्नेछ।
- प्राप्त सिलबन्दी बोलपत्रहरू ३१औं दिन दिनको २:०० बजे निवेदनकर्ता वा निजका अधिकार प्राप्त प्रतिनिधिको उपस्थितिमा खोलिनेछ । उक्त समयमा सिलबन्दी बोलपत्र पेश गर्ने व्यक्ति वा निजको प्रतिनिधि उपस्थित नभए पनि बोलपत्र खोल्न बाधा पुग्ने छैन । सिलबन्दी बोलपत्र खरिद गर्ने र पेश गर्ने अन्तिम दिन विदा परेमा सो विदा पछिको कार्यालय खोलिएको दिनमा उपरोक्त बमोजिम हुनेछ।
- विकसित घडेरी (प्लट) खरीदका लागि छनौट भएका व्यक्तिहरूले बाँकी ९०% रकम बोलपत्र स्वीकृत भई सो को सूचना आयोजनाको सूचनापाटीमा टाँस भएको मितिले १५ (पन्ध्र) दिनभित्र रकम जम्मा गरी सक्नु पर्नेछ । अन्यथा प्लट दावी गर्न पाइने छैन ।
- घडेरी जग्गा खरीद गर्ने सिलबन्दी बोलपत्र फाराम देहायबमोजिमको रकम (फिर्ता नहुने गरी) नगद तिरी यस आयोजना कार्यालयबाट खरीद गर्न सकिनेछ ।
- अंक र अक्षर फरक परेमा अक्षरलाई मान्यता दिइनेछ।
- रकम जम्मा गरेको सक्कल बैंक भौचरको पछाडि सिलबन्दी बोलपत्रदाताको नाम, थर (तीन पुस्ते), ठेगाना र फोन नं. उल्लेख गर्नु पर्नेछ ।
- सिलबन्दी बोलपत्र स्वीकृत नहुने व्यक्तिहरूको धरौटी रकम A/C Payee चेकद्वारा फिर्ता गरिनेछ ।
- अन्य कुरा बुझ्नु परेमा ०१-५०९३११५ मा कार्यालय समयभित्र सम्पर्क राख्न सकिनेछ।
- अन्य कुरा नेपालको प्रचलित ऐन, नियमअनुसार हुनेछ।
- रित नपुगेको र म्याद नाघी आएको निवेदनउपर कारबाही हुने छैन ।
- प्राप्त सिलबन्दी बोलपत्रहरू स्वीकृत गर्ने, नगर्ने सम्पूर्ण अधिकार यस कार्यालयमा सुरक्षित हुनेछ ।
- खरिदकर्ता आफैले रजिष्ट्रेशन दस्तर, राजश्व व्यहोर्नु पर्नेछ।
आयोजना प्रमुख