Newspaper Tender

Source: Madhyanha National Daily

Type : Bolpatra
Published Date : Nov 02, 2025
Deadline : Dec. 2, 2025, noon
Type : Bolpatra

औषधी तथा औषधीजन्य सामान खरिदका लागि ई-बिड आह्वान

बुढीगंगा गाउँपालिका 
गाउँ कार्यपालिकाको कार्यालय
हात्तिमुडा, मोरङ

औषधी तथा औषधीजन्य सामान खरिद बोलपत्र आव्हानको सूचना ।

(बिदुतीय खरिद प्रणाली (e-GP) बाट मात्र ।
प्रथम पटक प्रकाशित मिति २०८२/०७/१६ गते

१. यस कार्यालय अन्तर्गतका पर्ने स्वास्थ्य संस्थाहरूको लागि आ.व. २०८२ / ०८२ मा आवश्यक पर्ने अत्यावश्यक औषधी (WHO GMP Certified Company हरूबाट उत्पादित विद्युतीय बोलपत्र (E-Bidding) द्वारा खरिद गर्नको लागि यो सूचना प्रकाशित गरिएको छ। इच्छुक बोलपत्रदाताले बोलपत्र खरिद गर्न नियमानुसार कागजात पेश गरी मिति २०८२/०८/१६ गते दिनको १२.०० बजे सम्ममा विद्युतीय खरिद प्रणाली (e-GP) PPMO's Website www.bolpatra.gov.np/egp बाट मात्र खरिद गरी दर्ता गरी सक्नुपर्नेछ । तोकिएको समय भित्र दर्ता भएका बोलपत्र सोहि दिन दिनको १.०० बजे बोलपत्रदाता वा निजको प्रतिनिधि र यस गा. पा. का प्रतिनिधिहरूको रोहवरमा खोलिनेछ । बोलपत्रदाताहरू वा निजका प्रतिनिधिहरू उपस्थित नभएमा पनि बोलपत्र खोल्न कुनै बाधा पर्ने छैन ।

२. बोलपत्र फाराम खरिदको लागि बुढीगंगा गाउँपालिकाको नाममा रहेको NIC ASIA BANK Ltd पुष्पलालचौक शाखा कार्यालय विराटनगरको राजश्व आम्दानी खाता नं.०६९२०५९५०११७५००२ मा जम्मा गरी बोलपत्र खरिद गर्न सकिनेछ र धरौटीको लागि यस कार्यालयको NIC ASIA BANK Ltd पुष्पलाल चौक शाखा कार्यालय विराटनगरमा रहेको धरौटी खाता नं ६९CA५०११७५५२४००६ मा जम्मा गरेको सक्कलै भौचरहरू PDF फरमेटमा स्क्यान गरी बोलपत्र दाखिला गर्ने अन्तिम मिति देखि कम्तिमा १२० दिन म्याद भएको यस कार्यालयको नाममा जारी भएको नेपाल राष्ट्र बैंकबाट मान्यता प्राप्त वाणिज्य बैंक वा वित्तिय संस्थाबाट बैक ग्यारेन्टी (बिड वण्ड पिडिएफ फरमेटमा स्क्यान गरी पेश गर्नु पर्नेछ ।

३. बोलपत्र दाखिला गर्ने र खोल्ने अन्तिम दिन सार्वजनिक विदा परेमा उक्त कार्य विदाको लगत्तै पछि कार्यालय खुलेको दिन सोही समयमा हुनेछ । 

४. यस सूचनामा उल्लेख हुन छुट भएका कुराहरू कार्यालयबाट उपलब्ध गराईएको बोलपत्र कागजात अनुसार र अन्य कुराहरूको हकमा सार्वजनिक खरिद ऐन २०६३ तथा सार्वजनिक खरिद नियमावली २०६४ एवम् प्रचलित ऐन नियमानुसार हुनेछ । विस्तृत जानकारीको लागि यस कार्यालयको Web site www.budhigangamun.gov.np वा यस कार्यालयको स्वास्थ्य शाखामा कार्यालय समयमा सम्पर्क गरी बुझ्न सकिनेछ ।

प्रमुख प्रशासकीय अधिकृत


Search, Apply & Get Job: FREE