Newspaper Tender

Source: Madhyanha National Daily

Tender Category : Auction
Type : Bolpatra
Published Date : Aug 11, 2025
Deadline : Sept. 2, 2025, noon
Type : Bolpatra

सवारी तथा ढुवानी साधनको लिलाम बिक्री सम्बन्धी गोप्य शिलबन्दी बोलपत्र आह्वान

नेपाल सरकार 
अर्थ मन्त्रालय 
भन्सार विभाग
दार्चुला भन्सार कार्यालय
खलंगा, दार्चुला

सवारी तथा ढुवानी साधनको लिलाम बिक्री सम्बन्धी गोप्य शिलबन्दी बोलपत्र आह्वानको सूचना

(प्रथम पटक सूचना प्रकाशित मिति: २०८२ / ०४ / २६ गते )

चोरी निकासी/पैठारी अभियोगमा दाखिला भई यस कार्यालयबाट जफत भएका सवारी तथा दुवानीका साधनहरु जे-जस्तो अवस्थामा छन् सोही अवस्थामा गोप्य शिलबन्दी बोलपत्रद्वारा लिलाम बिक्री गर्नुपर्ने भएकोले सवारी तथा ढुवानीका साधन लिलाम बिक्री सम्बन्धी २१ दिने सूचना प्रकाशित गरिएको छ । यो सूचना प्रकाशित भएको मितिले २१ ( एक्काईस) दिनभित्र ईच्छुक व्यक्ति, फर्म वा संस्थालाई विस्तृत सूचनामा उल्लेख भए बमोजिमको शर्तमा गोप्य शिलबन्दी बोलपत्रको आह्वान गरिएको छ । यस सम्बन्धमा विस्तृत व्यहोरा भन्सार विभागको वेबसाइट www.customs.gov.np तथा यस कार्यालयको वेबसाइट www.darchula.customs.gov.np का साथै जिल्ला प्रशासन कार्यालय दार्चुला, महाकाली नगरपालिका नगरकार्यपालिकाको कार्यालय दार्चुला, मालपोत कार्यालय दार्चुला, कोष तथा लेखा नियन्त्रक कार्यालय दार्चुला र दार्चुला उद्योग वाणिज्य संघ, दार्चुलाको सूचना पाटीमा प्रकाशन गरिएको व्यहोरा जानकारी गराइन्छ ।


Search, Apply & Get Job: FREE