नेपाल सरकार
युवा तथा खेलकुद मन्त्रालय
नेपाल स्काउट
राष्ट्रिय प्रधान कार्यालय
व्यावसायिक भवनहरूको पसल कबलहरू भाडामा दिनेबारे सिलबन्दी दरभाउ प्रस्ताव
आह्वानको सूचना २०८२ / ८३
प्रथम पटक प्रकाशित मिति : २०८२।०४।२२
यस नेपाल स्काउट प्रधान कार्यालय, लैनचौरको पूर्ण स्वामित्वमा रहेको व्यावसायिक भवनहरू व्यावसायिक भवन प्रथम, व्यावसायिक भवन दोस्रो र व्यावसायिक भवन तेस्रो सिलबन्दी दरभाउपत्र प्रस्तावबाट पसल कबलहरू भाडामा दिने प्रयोजनार्थ नेपाल सरकारबाट सम्बन्धित कार्यमा इजाजत प्राप्त इच्छुक व्यक्ति, रजिस्टर्ड फर्म, संस्था, कम्पनी, अधिकृत बिक्रेता वा सप्लायर्सबाट निम्न लिखित सर्तहरूको अधीनमा रही रीतपूर्वक सिलबन्दी दरभाउपत्र प्रस्ताव पेश गर्न आह्वान गरिन्छ ।
सर्तहरू
१) सिलबन्दी दरभाउपत्र प्रथम पटक सूचना प्रकाशित भएको मितिले १५ औं दिन ( बिदा परेमा सोको लगत्तै कार्यालय खुलेको दिन) भित्र व्यक्ति वा फर्महरूले निवेदन दिई रु. १,०००/- (फिर्ता नहुने गरी) शुल्क तिरी कार्यालय समयभित्र फाराम खरिद गर्न सकिनेछ ।
२) खरिद भएको दरभाउपत्र फाराम प्रस्टसँग भरी व्यक्ति वा फर्मले प्रत्येक पानामा सही छाप गरी, सिलबन्दी गरी खाम बाहिर व्यक्ति वा फर्मको नाम, ठेगाना, सम्पर्क फोन नम्बर प्रस्टसँग लेखी १६ औं दिन ( बिदा परेमा सोको लगत्तै कार्यालय खुलेको दिन) दिनको १२:०० बजे सम्ममा यस कार्यालयमा दर्ता गराउनुपर्नेछ । दर्ता भएका दरभाउपत्रहरू सोही दिन दिनको ३:०० बजे उपस्थित दरभाउपत्र दाताहरू तथा निजका प्रतिनिधिहरूको रोहवरमा खोलिनेछ । दरभाउपत्र दाताहरू तथा निजका प्रतिनिधिहरू उपस्थित नभएमा पनि दरभाउपत्र खोलिनेछ।
३) दरभाउपत्र दाताले कम्पनी दर्ताको प्रमाण पत्र, प्यान दर्ताको प्रमाण पत्र र कर चुक्ता प्रमाण पत्र अनिवार्य रूपमा पेश गर्नुपर्नेछ। व्यक्तिको हकमा व्यक्तिगत प्यान नम्बर र नागरिकता परिचय पत्र अनिवार्य पेश गर्नुपर्नेछ। रीत नपुगेको म्याद नाघी प्राप्त हुने दरभाउपत्र निवेदन उपर कुनै कारबाही हुनेछैन ।
४) व्यावसायिक भवनहरूको पसल कवलहरूको क्षेत्रफल र जमानत रकम लगायत अन्य सम्पूर्ण विवरण नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयमा सम्पर्क गरी प्राप्त गर्न सकिनेछ ।
५) दरभाउपत्र दाताले जमानत बापतको रकम 'क' वर्गको इजाजत प्राप्त राष्ट्रिय वाणिज्य बैकबाट जारी गरिएको जमानत पेश गर्नुपर्नेछ र त्यस्तो दरभाउपत्र जमानत दरभाउपत्र पेश गर्ने अन्तिम मितिबाट कम्तीमा ७५ (पचहत्तर) दिन सम्मको मान्य अवधि हुने गरी बैंक जमानत पेश गर्नुपर्नेछ । सिलबन्दी दरभाउपत्रको मान्य अवधि ४५ दिनको हुनेछ । दरभाउपत्र जमानत बापतको रकम नै जम्मा गर्न चाहने दरभाउपत्र दाताले जमानत बापत नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयको लैनचौर, काठमाडौँको ठमेलस्थित नेपाल इन्भेस्टमेन्ट मेगा बैंकमा रहेको धरौटी खाता नं. १३२०१०५००१४२८१ मा जम्मा गरी यस कार्यालय प्रयोजनका लागि जम्मा गरेको सक्कलै भौचर अनिवार्य रूपमा दरभाउपत्र साथ पेश गर्नुपर्नेछ ।
६) भवनहरूका पसल कबल भाडामा लिन चाहनेले प्रत्येक भवनको भुइँ तला प्रतिवर्ग फिट रु. १७०/-, पहिलो तला प्रतिवर्ग फिट रु. १५०/- र दोस्रो तला प्रतिवर्ग फिट रु.१३५/- मा नघटाई सो वा सोभन्दा बढी तिर्न चाहेको रकम र थप सुविधा प्रदान गर्न सक्ने भए सो पनि प्रस्टसँग अङ्क र अक्षर दुवैमा लेख्नुपर्नेछ । नेपाल स्काउटलाई कुनै पनि बक्यौता तिर्न बुझाउन बाँकी रहेका र पेश्की फस्र्योट गर्न बाँकी रहेका फर्म वा व्यक्तिले बक्यौता र पेश्की फरफार नगरी दरभाउपत्र खरिद गर्न पाउने छैन ।
७) व्यावसायिक भवनहरूका पसल कबलहरू ५ वर्ष समयावधिका लागि भाडामा उपलब्ध हुनेछ । आपसी समझदारीमा करार सम्झौता थप गर्न सकिनेछ । करार सम्झौताको एक वर्षपछि मासिक भाडामा १० प्रतिशतका दरले स्वतः वृद्धि हुनेछ ।
८) भाडामा दिइएको भवन तथा पसल कबलहरू नेपाल स्काउटलाई आवश्यक परेमा ३ महिनाको पूर्व सूचना दिई खाली गराउन सक्नेछ ।
९) प्रस्तुत दरभाउपत्र स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस कार्यालयमा सुरक्षित रहनेछ ।
१०) यस सूचनामा नपरेका अन्य कुराहरू मुलुकी देवानी संहिता, २०७४ सार्वजनिक खरिद ऐन २०६३ (संशोधित), सार्वजनिक खरिद नियमावली २०६४ (संशोधित) र अन्य प्रचलित ऐन नियम अनुसार हुनेछ ।
११) अन्य कुराहरू बुझ्नुपरेमा कार्यालयको फोन नं. ४५१९००१, ४५२५७६२ मा १० बजेदेखि ४ बजेसम्म बुझ्न सकिनेछ ।