रंगेली नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
रंगेली, मोरङ
कोशी प्रदेश, नेपाल
शिलवन्दी दरभाउपत्र आह्वानको सूचना
(प्रकाशित मिति: २०८२/०४/१४)
यस रंगेली नगरपालिका अन्तर्गत संचालनमा रहेका देहाय बमोजिमका हाट बजार, क्यान्टिन आ.व. २०८२/०८३ का लागि १ वर्षको ठेक्का तथा पोखरी ३ वर्षको लागि ठेक्का लगाउनु पर्ने भएकाले इच्छुक नेपाली नागरिक वा कम्पनी, फर्महरुले रित पूर्वक शिलवन्दी दरभाउपत्र पेश गर्नु हुन यो सूचना प्रकाशित गरिएको छ ।

१. दरभाउपत्र यो सूचना प्रकाशित भएको मितिले १५ औं दिन सम्म यस कार्यालयवाट कार्यालय समय भित्र खरिद गर्न सकिनेछ।
२. दरभाउ पत्र १६ औं दिनको १२:०० बजे सम्म दर्ता गर्न सकिनेछ र सोही दिनको २:०० बजे दरभाउपत्र दाता तथा अन्य प्रतिनिधिहरुको रोहवरमा यस कार्यालयमा खोलिनेछ ।
३. शिलवन्दी दरभाउपत्रदाताले आफुले कवोल गरेको अंकको १० प्रतिशत रकम यस कार्यालयको नाममा कृषि विकास बैंकमा रहेको धरौटी खाता नं. ०६०१४०११५०२५७०७९ मा जम्मा गरेको सक्कलै भौचर शिलवन्दी दरभाउपत्र साथ पेश गर्नु पर्नेछ ।
४. सि.नं. १ र २ को हकमा शिलवन्दी दरभाउपत्र सकार गरेको मितिले ७ दिन भित्र सम्झौता गरी सम्झौतामा उल्लेखित सम्पूर्ण रकम अग्रीम 'बुझाउनु पर्नेछ । साथै एकमुष्ट सम्पूर्ण रकम बुझाएमा १० प्रतिशत छुट हुनेछ ।
५. सि.नं. ३ को हकमा शिलवन्दी दरभाउपत्र सकार गरेको मितिले ७ दिन भित्र सम्झौता गरी कवोल गरेको रकमको वार्षिक दामासाहिले हुने रकम मध्ये पहिलो किस्ता (वार्षिक हुन आउने रकम) सम्झौता गर्दा नै अग्रीम बुझाउनु पर्नेछ । बाँकी रकम प्रत्येक वर्ष जेष्ठ मसान्त भित्र अग्रिम रुपमा बुझाउनु पर्नेछ ।
६. उल्लेखित शर्त पुरा नगरेमा ठेक्का स्वीकृत भई सकेको भएता पनि ठेक्का वदर गर्न सकिनेछ र ठेक्का वदर गर्नु परेमा धरौटी रकम समेत जफत हुनेछ ।
७. ठेक्का सम्झौता भएपछि बन्द हडताल जस्ता कारणले कर छुट वा मिनाहाको लागी ठेकेदार पक्षवाट दावी गर्न पाईने छैन ।
८. नगरपालिकाले समय समयमा दिएको निर्देशन पालना गर्नु पर्नेछ । साथै ठेक्का सम्बन्धी कुनै विवाद भएमा नगरपालिकाको निर्णय अन्तिम हुनेछ ।
९. करका दररेटहरु नगरपालिकाले तोके वमोजिम असुल उपर गर्नु पर्नेछ । अन्यथा वढी रकम असुल गरेको ठहर भएमा नियमानुसार कारबाही हुनेछ।
१०. हटियामा लाग्ने सरसफाई तथा कर्मचारी सम्बन्धी सम्पुर्ण खर्च तथा अन्य लाग्ने राजध तथा कर स्वयं ठेकेदारले बेहोर्नु पर्नेछ ।
११. ठेकेदारले क्यान्टिनको नियमित सरसफाई गर्नु पर्नेछ ।
१२. दरभाउ पत्र फारममा अंक र अक्षर दुवैमा दररेट स्पष्ट लेख्नु पर्नेछ ।
१३. यस नगरपालिका अन्तर्गत विगतमा बुझाउनु पर्ने ठेक्का वक्यौता, पेश्की वेरुजु रहेको व्यक्ति वा परिवारको अन्य सदस्य ठेक्कामा सहभागी हुन पाउने छैन । तर दरभाउपत्र खरिद गर्नु अघि उल्लेखित रकम दाखिला गरेमा ठेक्कामा सहभागी हुन वाधा पर्ने छैन ।
१४. दरभाउपत्र खरिद गर्न लिखित निवेदन साथ नेपाली नागरिकताको प्रमाण पत्र, फर्म वा कम्पनि को ईजाजत पत्र व्यक्तिको हकमा फर्म वा कम्पनी भए आ.रा.का. मा दर्ता भएको कर को समेत प्रमाणित प्रतिलिपि र २०८०/०८१ को कर चुक्ता प्रमाण पत्र पेश गर्नु पर्नेछ ।
१५. म्याद नाघि र रित नपुगी प्राप्त भएको दरभाउपत्र उपर कुनै कारवाही हुने छैन ।
१६. दरभाउपत्र खरिद गर्ने र दरभाउपत्र दर्ता गर्ने अन्तिम दिन सार्वजनिक विदा परेमा सो को भोलिपल्ट सोहि समयमा गरिने छ ।
१७. उल्लेखित शर्तहरु बाहेक अन्य कुराहरु प्रचलित ऐन नियम अनुसार हुनेछ । साथै थप जानकारीको लागी यस नगरपालिका कार्यालयमा सम्पर्क राख्न सकिनेछ ।
प्रमुख प्रशासकीय अधिकृत