विदुर नगरपालिका, नगरकार्यपालिकाको लागि देहायको संख्या र योग्यता भएको सिभिल ईञ्जिनियर सेवा करारमा राख्नुपर्ने भएकोले योग्यता पुगेका नेपाली नागरिकहरुले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र दिनको ४ः०० बजेसम्म यस कार्यालयको नाममा रहेको ने.बै.लि. त्रिशुली शाखामा खाता नं. ०२६०३००००००००४००१०६७ मा रकम दाखिला गरेको बैंक भौचर वा रसिद सहित दरखास्त दिनुहुन सम्बन्धित सबैका लागि यो सूचना प्रकाशित गरिएको छ । उक्त पदको लागि दरखास्त फाराम, कार्यविवरण, पारिश्रमिक, सेवाका शर्तहरु सहितको विस्तृत विवरण कार्यालयबाट वा वेभसाईट www.bidurmun.gov.np बाट उपलब्ध हुनेछ ।