Bindhavasini Saving & Credit Co-operative Society

कार्यालय व्यवस्थापक (Office Manager)

Bindhavasini Saving & Credit Co-operative Society

कार्यालय व्यवस्थापक (Office Manager)

राष्ट्रिय स्तरको सर्बोत्कृष्ट तथा अन्तर्राष्ट्रिय स्तरको CUMI Award बाट पुरस्कृत एवं Access Silver Brand प्राप्त गरी एशियाली मापदण्डमा पुग्न सफल यस संस्थाको लागि तपसिल बमोजिम योग्यता पुगेका कर्मचारी खुल्ला प्रतिस्पर्धाबाट नियुक्ति गर्नु परेकोले यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिन भित्र योग्यता पुगेका स्वःस्फूर्त रुपमा कार्य गर्न सक्ने इच्छुक व्यक्तिहरुबाट दरखास्त आव्हान गरिन्छ

कार्यालय व्यवस्थापक (Office Manager)

Views: 3523 | This job is expired 5 years, 8 months ago

पद: कार्यालय व्यवस्थापक 

तहः सातौं

पद संख्या: २(दुई) 

सेवा किसिम: करार 

कार्य गर्नु पर्ने स्थान: संस्थाको जुन सुकै कार्यालय

शैक्षिक योग्यता: 

  • वाणिज्य / अर्थशास्त्र विषयमा न्यूनतम स्नातक तह उतीर्ण गरी बैंक तथा वित्तीय संस्थ / सहकारी संस्थामा व्यवस्थापकीय तहमा कम्तिमा ३ वर्षको व्यवस्थापन सम्बन्धी कार्य अनुभव प्राप्त वा वाणिज्य / अर्थशास्त्र विषयमा स्नातकोत्तर तह उतीर्ण गरेको 
  • कम्प्यूटर सम्बन्धी Advance तालिम प्राप्त गरी Accounting Software संचालन गर्न सक्ने ।
  • कम्तिमा २ पांग्रे सवारी चालक अनुमतिपत्र प्राप्त ।

विशेष ग्राहयताः 

  • कार्यालय व्यवस्थापन ÷ सहकारी लेखा व्यवस्थापन / ऋण विश्लेषण र व्यवस्थापन सम्बन्धी कार्य अनुभव प्राप्त गरी सहकारी संघ संस्था / बैक तथा वित्तीय संस्थाको व्यवस्थापक / प्रबन्धक भई न्यूनतम १ वर्ष कार्य गरेको अनुभव प्राप्त ।

उमेर: २५ पूरा भई ४० वर्ष ननाघेको ।

छनौट प्रक्रिया: लिखित परीक्षा, प्रयोगात्मक, व्यवसायिक कार्य योजना तर्जुमा तथा प्रस्तुतीकरण, अन्तर्वार्ता

सेवा सुविधा: तलब स्केल रु. ३०,५००।–, भत्ता रु. २,०००।–, व्यवस्थापक भत्ता रु. २०००।– र दशै खर्च, पोशाक भत्ता एवं बोनस सुविधा संस्थाको नियमानुसार हुने

दरखास्त दस्तुर: रु.१,०००।– (एक हजार ) फिर्ता नहुने गरी ।

प्रमुख जिम्मेवारी

  • कार्यालको प्रमुख भएर  सम्पूर्ण जिम्मेवारी लिएर कार्य गर्ने ।
  • बार्षिक लक्ष्यलाई मासिक बाँडफाँड गरी मासिक रुपमा हासिल गर्दै जाने।
  • भाखा नाघेको ऋण र व्याज सत्प्रतिशत असुलीको लागि दैनिक÷साप्ताहिक÷मासिक कार्ययोजाना तर्जुमा  गरी पूर्ण कार्यान्वयन गर्ने ।
  • नयाँ संभावित स्थानहरुको पहिचान गरी सेवा विस्तार गर्ने ।
  • अन्य कार्य विवरण (JD) मा तोकिए बमोजिम कार्य गर्ने गराउने । 

This job has expired.

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
job_detail_page
Search, Apply & Get Job: FREE