Views: 1517 | This job is expired 2 years, 3 months ago
Education Level | : | Higher Secondary (+2/A Levels/Ib) |
Experience Required | : | More than or equal to 5 years |
प्लान इन्टरनेशनल बालबालिकाको अधिकार र किशोरीहरुको समानताका लागि काम गर्ने अन्तराष्ट्रिय संस्था हो । प्लान इन्टरनेशनलले नेपालमा २०३४ सालदेखि पिछडिएका क्षेत्रका बालबालिका, उनीहरुका परिवार र समुदायलाई जीविकोपार्जन, विकास, संरक्षण र सहभागिताको अधिकार दिलाउन सहयोग गर्दै आएको छ । प्लान इन्टरनेशनल नेपालले अहिले १२ वटा जिल्लामा कार्यक्रम सञ्चालन गरिरहेको छ।
प्लान इन्टरनेशनल नेपाल सबै प्रकारका हिंसाबाट बालबालिका र युवा व्यक्तिलाई संरक्षण गर्न लैंगिक उत्तरदायी संरक्षण मापदण्ड लागू गर्न पूर्ण रुपमा प्रतिवद्ध छ । प्लान इन्टरनेशनलको पूर्व क्षेत्रीय कार्यालय, धनुषा र पश्चिम क्षेत्रीय कार्यालय, सुर्खेतका लागि २ वर्षको निश्चित अवधिको रोजगारी (करार) निम्न लिखित पदहरुका लागि महिला आबेदकहरुबाट मात्र आबेदन लिने जानकारी गराउदछौ।
सवारी चालक - संख्या ३ (२ - धनुषा, १ - सुर्खेत)
सवारी चालकले सुरक्षा मापदण्डको राम्रो ज्ञानसहित जिम्मेवारी महसुस गरी समझदारी र निष्ठा पालना गर्दै संस्थाका कर्मचारी र आगन्तुकका लागि भरपर्दो, दक्ष र सुरक्षित सवारी सञ्चालन सेवा प्रदान गर्नुपर्नेछ । चालकले सवारीको आवश्यक सबै मर्मत सम्भारलाई नियमित रुपमा जाँच गर्नुपर्नेछ । आवेदकमा निम्न लिखित योग्यता आवश्यक छ :
This job has expired.