Views: 1375 | This job is expired 3 years, 1 month ago
Job Category | : | Banking / Insurance /Financial Services |
Job Level | : | Mid Level |
No. of Vacancy/s | : | [ 0 ] |
Employment Type | : | Full Time |
Job Location | : | पोखरा, कास्की |
Apply Before(Deadline) | : | Mar. 19, 2021 12:00 (3 years, 1 month ago) |
Education Level | : | Under Graduate (Bachelor) |
Experience Required | : | Not Required |
नेपाल राष्ट्र बैंकबाट 'घ' वर्गको इजाजतपत्र प्राप्त जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड लाई थप शाखा कार्यालयहरू बिस्तार गर्ने क्रममा तपशिलमा उल्लेखित पदमा योग्य कर्मचारीहरूको आवश्यकता भएकोले विपन्न वर्गमा काम गर्न ईच्छक, उत्साही, जझारु तथा परिणाममुखी नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरिएको छ। आफनो दरखास्त फारामका साथ हालसालै खिचेको पासपोर्ट साइजको (रंगीन) फोटो २ प्रति, नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाण-पत्रको प्रतिलिपि, कार्यानुभव पत्रको प्रतिलिपि, व्यक्तिगत विवरणका साथमा निवेदन समावेश गरी मिति २०७७/१२/०६ गते शुक्रबार सम्म कार्यालय समय भित्र निवेदन पेश गर्नको लागी सूचना आझन गरिन्छ ।
बिज्ञापन न.: ८/२०७७/७८
पद: व्यवस्थापन प्रशिक्षार्थी (तालिमे)
श्रेणी: सहायक
संख्या: केही
आवश्यक न्यूनतम योग्यता: व्यवस्थापन प्रशिक्षार्थीको लागि स्नातक वा सो सरहको परीक्षा उतीर्ण गरेको हुनुपर्नेछ । सन्तोषजनक रुपमा ६ महिने तालिम अवधि पार गर्ने व्यवस्थापन प्रशिक्षार्थीलाई कामको मूल्यांकनका आधारमा परीक्षणकालमा रहने गरी बरिष्ठ सहायक पदमा नियुक्ति प्रदान गर्न सकिनेछ । तर, तालिमको अवधिमा तालिमेले सन्तोषजनक रुपमा कार्य गर्न नसकेमा वित्तीय संस्थाले निजसंग रोजगार सम्झौता गर्न बाध्य हुनेछैन ।
उमेर : अधिकत श्रेणीका लागि दरखास्त लिइने अन्तिम मिति सम्म २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको र सहायक श्रेणीका लागि दरखास्त लिइने अन्तिम मिति सम्म १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ । महिलाको हकमा उमेरको हद उल्लेखित उमेरमा पाँच बर्ष थप हुनेछ।
विशेष प्राथमिकता : दई पांग्रे सवारी चालक अनुमति पत्र भएकालाई विशेष प्राथमिकता दिइनेछ।
परिक्षाको किसिम : अन्तरवार्ता
छनौट विधिः तोकिएको म्याद भित्र प्राप्त दरखास्तहरू मध्येबाट छोटो सुची (Short List) तयार गरिनेछ र छोटो सूचीमा परेका उम्मेदवारहरूलाई| अन्तरवार्ताको लागि फोन वा इमेल मार्फत जानकारी गराईने छ । छनौट भएका उम्मेदवारलाई संस्थाको कुनै पनि कार्यालयमा खटाउन सकिनेछ । कर्मचारी आवश्यकताको विज्ञापन सम्बन्धी कार्यक्रम स्थगन तथा रद्द गर्नसक्ने सम्मको अधिकार संस्थामा निहित रहनेछ। रीत नपुगेको र म्याद नाधी प्राप्त भएको आवेदन उपर कनै कारवाही हुनेछैन ।
सेवा सविधा : संस्थाको नियमानसार हनेछ ।
This job has expired.