रावा बेसी गाउँपालिका

अ.हे.व./सहायक चौथो

रावा बेसी गाउँपालिका

अ.हे.व./सहायक चौथो

अ.हे.व./सहायक चौथो

Views: 1166 | This job is expired 3 years ago

Basic Job Information

Job Category : Healthcare / Pharma / Biotech / Medical / R&D
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Contract
Job Location : खोटाङ
Apply Before(Deadline) : Mar. 20, 2021 12:00 (3 years ago)

Job Specification

Experience Required : Not Required

अ.हे.व./सहायक चौथो

यस रावा बेसी गाउँपालिका, खोटाङका लागि निम्नानुसारको पदहरुमा कर्मचारी सेवा करारमा पदपूर्ति गर्नु पर्ने भएको हुनाले देहाय बमोजिम योग्यता पुगेका नेपाली नागरिकहरुबाट यो सूचना प्रकाशित भएको मितिले १५(पन्ध्र) दिन भित्र तोकिएको राजश्व तिरेको रसिद सहित दरखास्त आव्हान गरिन्छ । माग गरिएको पदहरु :

विज्ञापन नं.: ०८ -२०७७/०७८
पद /तह: अ.हे.व./सहायक चौथो
सेवा/ समूह: स्वास्थ्य / हे ई
पद संख्या: १ (एक)
कामकाज गर्ने निकाय:  गा.पा. अर्न्तगत 
दरखास्त दस्तुर: ६००।-
तलब /स्केल: नेपाल सरकारको स्वीकृत स्केल अनुसार हुने छ
कैफियत: करार सेवा

१. दरखास्त दिने स्थान : रावा बेसी गाउँपालिकाको कार्यालय हरमटार कुभिण्डे, खोटाङ 

२. परीक्षाको किसिम : लिखित तथा मौखिक । 

३. न्युनतम शैक्षिक योग्यता : अ.हे.ब.को हकमा : व्यक्तिगत विवरण, नेपाली नागरिकताको प्रमाण पत्र, शैक्षिक योग्यताको प्रमाण पत्रहरु, पुरुषको हकमा १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको महिलाको हकमा १८ वर्ष पुरा भई ४० वर्ष ननागेको तथा नेपाल स्वास्थ्य व्यवसायी परीषदको प्रमाण पत्र, विदेशी शैक्षिक संस्थावाट अध्ययन पुरा गरेको हकमा नेपाली विश्वविद्यालयवाट समकक्षता निर्धारण गरेको हुनु पर्ने छ। 

४. आबेदनको लागि संलग्न गर्नु पर्ने कागजातहरु : ब्यक्तिगत बिवरण, नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपी, शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपी, उपलब्ध भएसम्म कार्य अनुभवको प्रमाण पत्रको प्रतिलिपी, सम्बन्धित बिषयको काउन्सिल दर्ता नबिकरण प्रमाण पत्रको प्रतिलिपी, अनिवार्य रुपमा पेश गर्नुपर्ने छ । आबेदन फारम साथमा तोकिएको आबेदन दस्तुर यस कार्यालयको राजश्व शाखामा बुझाएको सक्कलै नगदि रसिद वा यस कार्यालयको नाममा रा.वा.बैक, दित्तेल शाखामा रहेको खाता नं २०६०१०००३०१०१००७ मा तोकिएको रकम जम्मा गरेको सक्कल भौचर अनिवार्य रुपमा पेश गर्नु पर्ने छ। 

५. दरखास्त फारम : रावा बेसी गाउँपालिकाले तोकेको ढाँचामा भरी रावा बेसी गाउँपालिकाको कार्यालयमा तोकिएको म्यादभित्र बुझाउनु पर्ने छ । वा यस कार्यालयको वेबसाईट www.rawabesimun.gov.np मा गई आबेदन फारम डाउनलोड गर्न सकिने छ । 

६. दखास्त दिने अन्तिम मिति : सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र (दरखास्त पेश गर्ने अन्तिम दिन सार्वजनिक बिदा पर्न गएमा सो पछि कार्यालय खुलेको दिनको कार्यालय समयमा दरखास्त पेश गर्न सकिने छ । 

This job has expired.

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE