खरिदार

खरिदार

Views: 1767 | This job is expired 3 years, 1 month ago

Basic Job Information

Job Category : General Mgmt. / Administration / Operations
Job Level : Mid Level
No. of Vacancy/s : [ 4 ]
Employment Type : Full Time
Job Location : कमलादी, काठमाडौँ
Apply Before(Deadline) : Mar. 05, 2021 12:00 (3 years, 1 month ago)

Job Specification

Education Level : School (Slc/ See)
Experience Required : Not Required

खरिदार

नेपाल प्रज्ञा-प्रतिष्ठानको स्वीकृत दरबन्दी अन्तर्गत निम्न अनुसारका रिक्त पदहरूमा खुला प्रतियोगितात्मक परीक्षाद्वारा पूर्ति गर्न लोक सेवा आयोगबाट सहमति प्राप्त भएकाले देहाय बमोजिम योग्यता पुगेका उम्मेदवारहरूबाट दरखास्त आह्वान गरिएको छ।

पद तथा श्रेणी: खरिदार, सहायक द्वितीय (रा.प.अनं. द्वितीय श्रेणीसरह)
सेवा/समूह: प्रशासन
रिक्त पद सङ्ख्या: ४ (चार)

  • खुला-
  • महिला-१
  • आदिवासी/ जनजाति-१

परीक्षाको किसिम: लिखित, अन्तर्वार्ता
आवश्यक न्यूनतम योग्यता: मान्यता प्राप्त शिक्षण संस्थाबाट एस.ई.ई. मा कम्तीमा G.P.A.2 प्राप्त गरेको वा एस.एल.सी. वा सो सरह उत्तीर्ण ।

द्रष्टव्य: 

१. दरखास्त फाराम प्रज्ञा–प्रतिष्ठानको विक्री कक्षबाट रु.१००/- तिरी प्राप्त गर्न सकिनेछ । 

२. परीक्षा दस्तुर : नायव सुब्बा, सहायक प्रथम (रा.प.अनं. प्रथम श्रेणीसरह) पदका लागि रु.६००/- (छ सय), खरिदार, सहायक द्वितीय (रा.प.अनं. द्वितीय श्रेणीसरह) पदका लागि रु.४००/- (चार सय) र नायब सुब्बा, सहायक प्रथम (रा.प.अनं. प्रथम श्रेणी सरह) तर्फको प्रत्येक समावेशी समूहका लागि थप रु.३००/- र खरिदार, सहायक द्वितीय (रा.प.अनं. द्वितीय श्रेणी सरह)तर्फको प्रत्येक समावेशी समूहका लागि थप रु.२००/- (दुई सय)। 

३. दरखास्त बुझाउने अन्तिम मिति : सूचना प्रकाशन भएको मितिले २१ दिनभित्र र दोब्बर दस्तुर तिरी म्याद समाप्त भएको मितिले थप ७ दिनभित्र दरखास्त बुझाउन सकिनेछ।

४. दरखास्त बझाउने स्थान : नेपाल प्रज्ञा-प्रतिष्ठान, प्रशासन शाखा । 

५. लिखित परीक्षा सञ्चालन लोक सेवा आयोगले वार्षिक कार्यतालिका बमोजिम गर्नेछ । यसको विस्तृत जानकारी पछि प्रकाशन गरिनेछ

६. लिखित परीक्षाको माध्यम भाषा नेपाली वा अङ्ग्रेजी वा दुवै हुनेछ। 

७. दरखास्तसाथ मान्यता प्राप्त शिक्षण संस्थाबाट प्राप्त शैक्षिक योग्यताका प्रमाण-पत्रहरू, तालीम प्राप्त गरेको भए तालीमका प्रमाणपत्रहरू र नेपाली नागरिकताको प्रमाणपत्र समेतको प्रतिलिपि एवम् प्रतिष्ठानको आर्थिक प्रशासन शाखामा परीक्षा दस्तुर बुझाएको सक्कल नगदी रसिद पेस गर्नुपर्नेछ । प्रत्येक प्रमाणपत्रका प्रतिलिपिमा उम्मेदवार स्वयमले सक्कल बमोजिम नक्कल ठीक छ भनी दस्तखत गर्नपर्नेछ। 

८. आदिवासी/जनजाति उम्मेदवारका हकमा नेपाल आदिवासी/जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐनमा सूचीकृत भएका जातिका हकमा सो ऐनको सूचीका आधारमा हुने तर नेपाल आदिवासी/जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐनमा सूचीकृत भएको जातिभित्र एकभन्दा बढी थरहरू भए सम्बन्धित स्थानीय तहको प्रमुखको सिफारिसमा प्रमुख जिल्ला अधिकारीबाट सूचीकृत भएको जातिभित्रको थर हो भनी प्रमाणित गराई दरखास्तसाथ पेस गर्नुपर्नेछ। 

९. खुला एवम् समावेशी अन्तर्गत महिला र आदिवासी/जनजाति कोटातर्फ दरखास्त बुझाउने उम्मेदवारले दरखास्त फाराम भरी तोकिएको समूहमा गोलो (०) चिह्न लगाई तोकिएको दस्तुरसहित बुझाउनुपर्नेछ। 

१०. तलब तथा अन्य सुविधा : नेपाल प्रज्ञा-प्रतिष्ठानको प्रचलित नियमानुसार हुनेछ। 

११. दरखास्त दिने अन्तिम मितिसम्ममा १८ वर्ष उमेर पुगेको र पुरुष उम्मेदवारका हकमा ३५ वर्ष तथा महिला उम्मेदवारका हकमा ४० वर्ष उमेर ननाघेको हुनुपर्नेछ । दोब्बर दस्तुर तिरी दरखास्त बुझाउने अवधिको उमेर हद, शैक्षिक योग्यता र तालीम गणना गरिनेछैन । 

१२. विदेशी शिक्षण संस्थाबाट शैक्षिक उपाधि हासिल गरेका उम्मेदवारले नेपालका सम्बन्धित निकायबाट आफूले प्राप्त गरेका शैक्षिक योग्यताको समानस्तर निर्धारण गराएको प्रमाण पेस गर्नुपर्नेछ । 

This job has expired.

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE