शैक्षिक याेग्यता ः
- मान्यता प्राप्त शिक्षण सस्थाबाट MBBS उत्तिर्ण गरि नेपाल मेडिकल काउन्सिलबाट NMC नम्बर प्राप्त गरेकाे
शारीरिक याेग्यताः
पुरूषकाे लागि
- उचाइः ५ फिट ३ इन्च
- छाती ः नफुलाउदा ३२ इन्च र फुलाउदा ३४ इन्च
- वजनः ५० केजि (११० पाैण्ड)
- चश्मा प्रयाेग गर्ने भएमा +- २ भन्दा बढि कमजाेर नभएकाे
महिलाकाे हदमा
- उचाइः ४ फिट १० इन्च
- वजनः ४० केजि (८८ पाैण्ड)
- चश्मा प्रयाेग गर्ने भएमा +- २ भन्दा बढि कमजाेर नभएकाे
अन्य याेग्यता ः सबै पदका उम्मेदवारहरू स्वास्थ्य परिक्षणबाट याेग्य ठहरिएकाे, नैतिक पतन देखिने फाैजदारी अभियाेगमा अदालतबाट सजाय नपाएकाे,तत्काल कुनै राजनितिक दलकाे सदस्य नरहेकाे, कुनै अपराधिक गतिविधिमा संलग्न नभएकाे वा नरहेकाे, कुनै ध्वसात्मक उद्देश्य भएकाे सस्थाँकाे सदस्य नभएकाे वा नरहेकाे, नेपाल विरूद्व जासुसि गरेकाे अभियाेगमा सजाय नपाएकाे, मानव अधिकार र मानविय कानुन उल्लघनमा सजाय नपाएकाे तथा भविष्यमा सरकारी सेवाकाे निमित अयाेग्य ठहरिने गरी सेवाबाट बरखास्त नभएकाे हुनुपर्नेछ, साथै अन्य याेग्यताकाे हकमा ''सैनिक सेवाकाे पदमा नियुक्ति र बढुवा गर्दा अपनाउनु पर्ने सामान्य सिद्वान्त २०६४'', सैनिक सेवा नियमावलि २०६९'' सैनिक हवाइ सेवा नियमावलि २०७४ सैनिक विविध सेवा नियमावलि २०७४ ले ताेके अनुसार हुनु पर्नेछ
उमेरकाे हदः
पुरूषः १८ वर्ष पुरा भइ २९ वर्ष ननाघेकाे
महिला ः १८ वर्ष पुरा भइ ३० वर्ष ननाघेकाे हुनु पर्नेछ
नेपाली सेनाका बहालवाला उम्मेदवारहरूकाे लागि ः
लेखा. उ.से, प्राड उ.से र पाइलट उ.से पदका लागी नेपाली सेनामा कार्यारत याेग्यता पुगेका सैनिक व्यक्तिहरूले ३५ बर्ष उमेर पुरा नभएसम्म बढीमा तिन पटक अावेदन दिन सक्नेछन। अन्य टेड्रका प्राविधिकहरूका लागि अावश्यक शैक्षिक याेग्यता हासिल गरेकाे हुनु पर्ने ,सैन्य अाधार तालिम गरेकाे हुनु पर्ने र उमेरकाे हद नलाग्ने
दरखास्त पेश गर्ने अन्तिम मिति २०७६/०२/२८ गतेका दिन न्युनतम सेवा अवधि १ वर्ष पुरा भएकाे हुनु पर्नेछ
युनिटपति/सम्बन्धितपतिकाे सिफारिस अनिवार्य रूपमा पेश गर्नु पर्नेछ
दरखास्त समावेश गर्नुपर्ने अावश्यक कागजातहरूः
- देहाय बमाेजिमका कागजातहरूकाे प्रतिलिपि उम्मेदवारहरू स्वयमले प्रमाणीत गरि १/१ प्रतिका दरले नेपाली फायलमा रखी पेश गर्नु पर्नेछ । केरमेट तथा दाेहाेराे लेखिएका प्रमाणपत्रहरू उपर कुनै कारवाही गरिने छैन । दरखास्त दिन अाउदा,पेश गरिने सबै कागजातहरूकाे सक्कल प्रति अनिवार्य रूपमा साथमा ल्याउनु पर्नेछ ।
- नेपाली नागरिकताकाे प्रमाणपत्र
- सबै शैक्षिक याेग्यताकाे प्रमाणपत्रकाे लब्धाङ्क पत्र,चारित्रिक प्रमाण पत्र र प्राेभिजिनल प्रमाण पत्र
- नेपालकाे विश्वविघालय वाहेक अन्य बाेर्ड तथा विश्व विश्वविघालयबाट उपाधि हासिल गर्ने हरूकाे हकमा त्रि.वि.वि .बाट प्रकाशित समकक्षताकाे मान्यता प्राप्त पुस्तकबाट अाफुले हासिल गरेकाे उपाधिकाे समकक्षताकाे फाेटाेकपी र माइग्रेसन ( स्थानान्तरण ) काे प्रमाण पत्र समेत प्रमाणीत गरि अनिरवार्य रूपमा पेश गर्नु पर्नेछ
- शैक्षिक याेग्यता वाहेक अाफुले प्राप्त गरेकाे अन्य प्रमाणपत्रहरू र विविध विषय सम्बन्धि प्रमाण पत्रहरूकाे प्रतिलिपि
- समाबेशी तर्फ दरखास्त दिने उम्मेदवारहरूकाे हकमा निम्न थप कागजातहरू समेत पेश गर्नुपर्नेछ ः
- अादिवासी/जनजातिका लागि नेपाल अादिवासी/जनजाति उत्थान राष्टि्य प्रतिष्ठानबाट अादिवासी/जनजाति भनि प्रमाणीत भएकाे प्रमाण पत्रकाे प्रतिलिपी १ प्रति । तर नेपाल अादिवासी/जनजाति उत्थान राष्टिय प्रतिष्ठान एनमा सुचिकृत भएकाे जाति भित्र एकभन्दा बढी थरहरू भएमा सम्बन्धित स्थानिय निकाएकाे प्रमुखकाे सिफारिसमा प्रमुख जिल्ला अधिकारीबाट सुचिकृत भएकाे जाति भित्रकाे थर भनि प्रमाणित गराइ दरखास्त साथ पेश गर्नु पर्ने छ ।
- दलितका लागि नेपाल अादिवासी/जनजाति उत्थान राष्टि्य प्रतिष्ठानबाट दलित भनि प्रमाणीत भएकाे प्रमाण पत्रकाे प्रतिलिपी १ प्रति । तर राष्टिय दलित अायाेगबाट सुचिकृत भएकाे जाति भित्र एकभन्दा बढी थरहरू भएमा सम्बन्धित स्थानिय निकाएकाे प्रमुखकाे सिफारिसमा प्रमुख जिल्ला अधिकारीबाट सुचिकृत भएकाे जाति भित्रकाे थर भनि प्रमाणित गराइ दरखास्त साथ पेश गर्नु पर्ने छ ।
- मधेशीका लागि नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी ताके बमाेजिमकाे सस्था बाट मधेशी भनि प्रमाणीत भएकाे तर प्रमाण पत्रकाे प्रतिलिपी १ प्रति । तर पाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी संस्था नताेकेसम्म सम्बन्धित स्थानिय निकाएकाे प्रमुख जिल्ला अधिकारीबाट मधेशी भनि भनि प्रमाणित भएकाे प्रमाण पत्रकाे प्रतिलिपी १ प्रति
पिछडिएकाे क्षेत्रकाे लागि अछाम,कालिकाेट,जाजकाेट,जुम्ला,डाेल्पा,बझाङ,बाजुरा,मुगु,हुम्ला,मनाङ्ग,बाजुरा र मुस्ताङ जिल्लमा स्थायि बसाेबास गरी सम्बन्धित जिल्लाबाट नै नागरिकताकाे प्रमाणपत्र प्राप्त गरेकाे तथा सम्बन्धित गा.वि.स/नगरपालिकाबाट दरखास्त दिंदाका बखतसम्म साेही स्थानमा स्थायी बसाेवास गरकाे सिफारिरकाे प्रतिलिपि १ प्रति
फाेटाेग्राफः उम्मेदवारहरूकाे हालसालै खिचेकाे पासपार्ट साइजकाे पुरै मुखाकृति (दुवै कान समेत) प्रष्ट देखिने एकै किसिमकाे फाेटाे (पुरूषकाे हकमा दाह्री र कपाल काटेकाे) प्रति ३ र २*२ साइजकाे फाटाे प्रति १ दरखास्त साथ पेश गर्नु पर्नेछ।
परिक्षाकाे लागि सम्पर्क मिति र स्थानः मिति २०७६/०३/०५ गतेकाे १३ः०० बजे दरखास्त पेश गरेकाे स्थानमा।